Objective
Goals and Objectvies
यसका लागि हामीले किसान र सेवा प्रदायकको सहभागितालाई प्रवर्धन गर्दै कृषिको शुरुदेखि अन्त्य सम्मको मूल्य श्रृखला (value-chain) लाई चारबाट रणनीति मार्फत काम गर्ने छौं । ती ४ रणनीतिहरु यस प्रकार छन् ।
१) किसानहरुलाई “राम्रो कृषि अभ्यास” मा सहभागी गर्नेः
क) ट्राक्टर, रोटभेटर, ह्यारो आदिबाट आवश्यकता अनुसारको जोताई गरी जमिन तैयार पार्ने ।
ख) उन्नत जातको बीउ पहिचान गरी आधुनिक एस.आर.आई. प्रविधिबाट धान रोप्ने र लाइनमा मकै रोप्ने । यी वाली ठीक समय तालिका भित्र रोपी सक्नुपर्ने ।
ग) माटोको जाँच गरी आवश्यकता अनुसारको रासायनिक मल, किटनासक र झार मार्ने औषधी प्रयोग गर्ने ।
घ) समयमा सहि प्रकारको सिचाई गर्ने ।
ङ) नमी ठीक हुने बितिकै समय मै हार्भेटरबाट दाउनी गर्ने ।
च) खेतीमा रहेको पराल, ढोर, घोगालाई मल्चरबाट खेत मै कम्पोट बनाई अर्को बालीको लागि जोतेर तयार पार्ने । जसबाट रसायनिक मलको खपत करिब २५ ५ले कम गर्न सकिन्छ ।
२) किसान एवं सेवा प्रदायकसँग सहकार्य गराउने:
क) चालु पूँजी: राम्रो कृषि कार्यक्रम अन्तर्गत खेती गर्दा आवश्यकता अनुसारको पूँजी समयमै खचिनु पर्ने हुन्छ । यदी आफ्नै पूँजी छ भने समस्या नै रहने नत्र बैंकबाट चालु पूँजीको व्यवस्था अचल सम्पति धरौटी राखेर निकाली दिने काममा सहकार्य हुने छ ।
ख) बिमा: बैंकबाट चालु पूँजी लिएको खण्डमा त्यसको लागत खर्चकोे बिमा हुनेछ जसले गर्दा वाली नष्ट भएता पनि लागत पूँजीको केही भाग फिर्ता आउने छ ।
ग) किसानलाई आवश्यक पर्ने बिउ, मल, किटनासक नक्कली नपरोस् र सुपथ मूल्यमा समयमै उपलब्ध होस् भन्ने सहकार्य हुनेछ ।
घ) ड्यापोग प्रविधिबाट यन्त्रबाट धान रोप्ने, प्रविधि अनुसार रेखांकित मकै रोप्ने, ट्राक्टर र जोत्ने उपकरणका स्वामीहरुसँग सहकार्य गरी दीर्घकालीन सुपथ भाडा दर स्थापना गर्ने ।
३) इन्टरनेटमा आधारित कृषि पसलः
हाल विश्वमा फैलिदै गएको डिजिटल प्रविधिको (कम्प्यूटर, इन्टरनेट, राडार, सेन्सर आदि) प्रयोग खेतीपातीमा बढ्दै गएको परिप्रेक्षमा नेपालमा पनि डिजिटल कृषि पसलको शुरुवात गरी यसै माध्यमबाट हाल भइरहेकोे मूल्य श्रृंखला (खेतीपाती गर्न अगाडी आवश्यक क्रियाकलाप जस्तै उन्नत बिउको उत्पादन, मल, बिउको वितरण, बजार व्यवस्थापन, माटो परिक्षण एवं कृषि प्रविधिको उपलब्धी, खेती गर्ने प्रकृया, दाउनी र उत्पादनको सही भण्डारण र उत्पादित वस्तुको प्रशोधन र उपभोक्ता सम्मको वितरण) लाई परिष्कृत गरी कृषिको शुरु देखि अन्त्य सम्म योगदान दिने र किसान एवं सेवा प्रदायकको बीचमा समन्वय गरी सजिलो, सस्तो, भरपर्दो र उपयोगी सम्बन्ध कायम गर्ने ।
४) मील र भण्डारण पूर्वाधार स्थापना गर्ने:
धान र मकैको फसल एकै पटक तयार हुने हुँदा बजारमा त्यस बखत आवश्यता भन्दा बढी हुन्छ र वर्षकै सबै भन्दा कम मूल्य हुन्छ । त्यस्तै किसानहरुको सबै भन्दा झन्झटिलो कार्य दाउनी गरी उत्पादनको व्यवस्थापन गर्ने र सही मूल्यको खोजी गर्ने हो ।
त्यसै कारण किसानहरुको फसल दाउनी हुने बित्तिकै खेतैबाट भण्डारण भई या त बैकिङ्ग गर पछि मूल्य काट्ने वा तुरुन्तै सुपथ मूल्यमा बिक्री हुनु पर्दछ र किसानले तुरुन्त पैसा पाउनु पर्दछ ।
यस प्रयोजनको खेती हुने ठाउँमा नजिक धान मिल र सुकाउने भण्डारण गर्ने पूर्वाधारको व्यवस्था हुनु पर्दछ ।


