What is this platform ?

नेपालमा कृषि प्रधान देश भए पनि मुख्य दुई खाद्यान्न वाली जस्तै धान र मकैको क्रमिक रुपमा आयात बढ्दो क्रममा छ । यस भन्दा पहिले अन्य उत्पादनमा वृद्धि भएको खेतीबालीको उन्पादनहरुमा वृद्धिभन्दा पनि खेती गरिने जग्गाको वृद्धिको कारणले भएको थियो । तर हाल बढ्दो जनसंख्या सँगै खेतीपाती गर्ने जनसंख्यामा कमी र बढ्दो खाद्यान्न मागको कारणले गर्दा नेपाल चर्को खाद्यान्न संकटको भूमरीमा परेको छ । वैदेशिक रोजगारीबाट बढेको आय, जनताका बढ्दो आय र बजारीकरण सँगै बढेको नयाँ प्रकारको खाद्यान्न मागले यस प्रकृयालाई अझै तिब्र पारेको छ । यस प्रकृयाबाट देशको अर्थतन्त्रलाई नै नकरात्मक रुपमा प्रभाव पारेको मात्रै नभएर यसले राष्ट्रिय खाद्यान्न संकट अझै पेचिलो बन्दै गएको छ । 
नेपाल कृषि कम्पनी विगतको ६ वर्षदेखि नेपालको पूर्वी तराईमा गर्दै आएको छ र विगतको अनुमानलाई संलेषण गर्दै धान मकै खेती सुधार गरी खाद्यान्न आयात (धान र मकै) लाई कम गर्ने उद्देश्यका साथ काम गरिरहेको छ । यस रणनीति विशेष गरी उपयुक्त जातको बीउ र प्रविधिको प्रयोग, उत्पादन खर्च कम गर्नका लागि कृषि यान्त्रीकरण गर्ने, कृषि सामाग्री आपूर्ति व्यवस्था एवं कृषि वस्तु बजार व्यवस्थापनलाई व्यवस्थित एवं उत्पादन मूलक बनाई कृषि कार्यलाई उद्यमशिलता तिर अगसर गराउने रहेको छ । 
विगतका ५–६ मा सहकारी,किसान समूह र अन्य सेवा प्रदायकसँग भएका सहयोगात्मक कार्यबाट तराईको अन्नवाली उत्पादनका चुनौती एवं संभावतालाई नियाल्ने मात्र होइन यसले हामीलाई कृषि प्रकृया कसरी प्रभावकारी र उत्पादनमूलक बनाउन सकिन्छ भन्ने ज्ञान पनि प्रदान गरेको छ । यसको आधारमा हामी अब लामो समयको रणनीति तय गरी विद्यमान कृषि प्रकृयालाई परिमार्जित गर्दै व्यवसायीकरण तिर लाने र देशमा हाल भई रहेको खाद्यान्न संकटलाई कमगर्ने तिर लाग्ने प्रयासमा छौं ।